श्रीमतीलाई जबर्जस्ती करणी गरेका अभियोगमा श्रीमान जेल चलान

श्रीमतीलाई जबर्जस्ती करणी गरेका अभियोगमा श्रीमान जेल चलान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी रामधुनी–१ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

श्रीमतीले आशिषमाथि जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते पक्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।