विराटनगरमा एक पुरुष र एक महिलाको मृत्यु

विराट शिक्षण अस्पतालमा एक पुरुषको र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
बुढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान १२ः२० बजे मृत्यु भएको विराटअस्पतालले जनाएको छ ।
अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको देवले बताए ।
त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–५ की ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मंगलबार साँझ ७ बजेतिरआइसोलेसनमा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्