होम आइसोलेसनमा बसेकासहित ३ जना कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेकासहित ३ जना कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । होम आइसोलेसनमा बसेका धरानका एक कोरोना संक्रमितसहित ३ जनाको मृत्यु भएको छ ।

धरान १५ देवकोटा चोकमा ६१ बर्षीय वृद्धको आज बिहान करिब साढे ६ बजे घरमा नै मृत्यु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमण पुष्टि भएपछि मृतक घरमा नै आइसोलेसनमा बसेका थिए । उनको श्रीमतिलाई पनि संक्रमण देखिएको थियो । राती केही साह्रो भएपछि परिवारजनले अक्सिजन सिलिण्डर लगेर अक्सिजन दिएको तर बिहान मृत्यु भएको जानकारी पाएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । मृतकको करिब ३ बर्षअघि मुटूको अप्रेशन गरिएको थियो ।

                यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना संक्रमितको मृत्यु भएको  छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मोरङको बेलबारी १० का ३७ बर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको हिजो साँझ ६ बजेर ४५ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । उनलाई असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो असोज २७ गते प्रतिष्ठान भर्ना गरिएको थियो ।

                प्रतिष्ठानकै आकस्मिक कक्षमा उपचारको क्रममा इटहरीकी एक संक्रमित महिलाको पनि निधन भएको छ । इटहरी ६ का ६० बर्षीय महिलाको आज बिहान ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए । उनलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलालाई मधुमेहको समस्या रहेको प्रतिष्ठानको भनाई छ ।