अनुगमन टोली आएपछि धरानका मेडिकल बन्द गरेर फरार

अनुगमन टोली आएपछि धरानका मेडिकल बन्द गरेर फरार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । औषधी व्यवस्था विभाग विराटनगरको टोलीले बुधबार दिउँसो धरानको मेडिकलहरुमा अनुगमन गर्न थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिरको मेडिकलहरु धमाधम बन्द भएका छन् ।

                वीपी प्रतिष्ठानको गेटबाहिर सञ्चालनमा रहेका मेडिकलहरुले औषधीमा विरामीलाई ठगी गरेको, लाइसेन्स प्राप्त व्यक्ति नबसेको जस्ता गुनासोहरु पुगेपछि विभाग अनुगमनमा आएको थियो । तर, विभागले अनुगमन शुरु गर्ने बित्तिकै वीपी गेटबाहिरका मेडिकल पसलहरु धमाधम बन्द हुन थाले । विभागको अनुगमन हुनु अघिसम्म निर्वाध चलेका मेडिकलहरु अनुगमन शुरु भएको सुँइको पाएपछि भने बन्द गरेर भागेको प्रहरीले जानकारी दिएका छन ।

अनुगमन शुरु भएपछि बन्द गरेर भाग्ने औषधी व्यवासायीहरुको सुची विभागले तयार गरेर लगेको छ । ती मेडिकलहरुलाई कारबाहीको दायरामा ल्याइने विभागका प्रमुख सञ्जिव कट्टेलले बताए । ‘हामी आउदा खुला भएको मेडिकलहरु अनुगमन शरु गर्न वित्तिकै बन्द भएको देख्यौ । त्यसैले इलाका प्रहरी कार्यालयमा पत्राचार गरेर निजहरुलाई विभागमा उपस्थित गराउन भन्छौं,’कट्टेलले भने ।

अनुगमन गरिएका पसलहरुमध्ये ६ वटालाई विभागले सिल गरेको छ । ती मेडिकलहरुमा लाइसेन्स प्राप्त भएका सम्बन्धित व्यक्तिहरु नभएको पाइएकोले सिल गरिएको र ५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको पनि उनले जानकारी दिए ।