जबरजस्ती करणी मुद्धा पैसामा मिलाउने प्रयास गाउँमा

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ । १६ वर्षीय किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको घट्नालाई लेनदेनमा मिलाउने खेलमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडासदस्य जयकुमार तामाङ र युवा निरकाजी तामाङको नाम जोडिएको छ ।
स्वयं बाकाचोलका वडाध्यक्ष सन्तबिर तामाङले मंगलबार विज्ञाप्ती नै जारी गरेर जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउनमा आफ्नै वडासदस्य तामाङको संलग्नता रहेको दाबी गरेका छन् । ‘जबरजस्ती करणीका घट्नालाई मिलाइदिने भन्दै पैसाको लेनदेनको फोन रेकर्ड बाहिरिएको घट्नामा हाम्रो ध्यानाकर्षण भएको छ । पीडक भनिएका युवासँग गरिएको ५ मिनेट र १४ मिनेटको दुई वटा फोन सम्बादको अडियोमा घट्नालाई गाउँमै मिलाउन दुई लाख व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
गत भदौ १२ गते जबरजस्ती करणी गरिएको भन्दै पिडकविरुद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । गाउँमा जबरजस्ती करणीका घट्नालाई मिलाउने प्रयासको चर्चा भइरहँदा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले मृद्धा दर्ता गरेर अनुसन्धान सुरु गरिसकिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्