June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

मध्यरातमा ढोका फुटाएर बलत्कारको प्रयास गर्ने युवाको प्रतिकारमा मृत्यु

मध्यरातमा ढोका फुटाएर बलत्कारको प्रयास गर्ने युवाको प्रतिकारमा मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । महालक्ष्मी नगरपालिका–१ घुमाउनेमा असोज २८ गते राती एक युवाको हत्या भएको छ । स्थानीय ३० बर्षिय कमला गुरुङको कोठामा जबरजस्ती प्रबेश गरी बलत्कारको प्रयास गरेका लिलबहादुर गुरुङको हत्या भएको हो । कोठामा आएर बलत्कारको प्रयास गर्न थालेपछि प्रतिकारमा खुकुरी प्रहार गर्दा टाउँकोमा गम्भिर चोट लागेका लिलबहादुरको मृत्यु भएको बताईएको छ । घाईते भएर भागेका लिलबहादुरको मृत्त शरिर स्थानीय लाहुरे खोल्सीमा भेटिएको स्थानीयबासीले बताएका छन् ।

 राती १० बजे ढोका ढकढकाएर खोल्न अनुरोध गरे । ढोका नखोलेपछि बाहिरबाटै चुक्कल खुस्काएर कोठा आए । कोठामा आउने वित्तिकै हातपात र जबरजस्ती गर्न थाल्यो । भाग्दै जाँदा खकुरी भेटाए र प्रहार गरेको भनेर कमलाले प्रहरीलाई बयान दिएकी छिन् ।

मृत्तक लिलबहादुरको श्रीमति एक बर्ष अगाडी नै अन्य पुरुषसँग बिहे गरेर भागेकी थिइन । कमलाको श्रीमान भने बैदेशिक रोजगारीमा रहेका छन् । यो घट्नाको बिषयमा थप अनुसन्धान सुरु गरेको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताए ।