बहराइनका राजकुमारको मनास्लु हिमाल आरोहण

काठमाडौं । एक महिनादेखि नेपालको हिमाल चाहार्दै हिडेका बहराइनका राजकुमारको टोलीले गोरखाको मनास्लु हिमालको सफल आरोहण गरेको छ।
८१६३ मिटर उचाइको मनास्लु हिमाल राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले बिहिबार बिहान ६ :१० बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिले आफ्नो फेसबुक मार्फत जानकारी दिएको छ ।
राजकुमारको टोलीमा ५० सदस्य थिए। असोज १९ मा सोलुखुम्बुको लुबुचे हिमालको सफल आरोहण गरेपछि राजकुमारको टोली असोज २० गते नै हेलिकोप्टर मार्फत मनास्लु आरोहणको लागि गोरखाको सामागाउँ पुगेको थियो।

प्रतिकृया दिनुहोस्