प्रदेश १ मा एकैदिन ९ जना संक्रमितको मृत्यु

प्रदेश १ मा एकैदिन ९ जना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । कोरोना भाइरस  संक्रमितको उपचारका क्रममा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । प्रदेश १ को धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, धरानमै होमआइसोलेनका १ र विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ र विराटनगरकै विराट नर्सिङ होममा १ जना संक्रमितको मृत्यु भएको हो ।

विराट नर्सिङ होम (विराटनगर अस्पताल)मा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ ।

गत मंगलबार महिलालाई मुटु र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नर्सिङ होममा भर्ना गरिएको परिवारले बताए । नर्सिङमा भर्नासँगै स्वाब पिसिआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आए पनि नर्सिङ होमले उनलाई त्यही दुई दिन राखेर उपचार गर्दा बुधबार साँझ मृत्यु भएको हो ।

त्यस्तै, विराटनगरकै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको बिहीबार बिहान र बुधबार राति मृत्यु भएको छ । विराटनगर–४ का ५० वर्षीय र सुनसरीको धरान–१५ का ६६ वर्षीय पुरुष रहेको केन्द्रले जनाएको छ । 

विराटनगरका पुरुषको असोज २१ गते रिपोर्ट पोजेटिभ आएसँगै त्यही दिन राति अस्पताल भर्ना गरिएको र उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै गत सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए । उनमा मधुमेह, उच्च रक्तचापलगायतका स्वास्थ्य समस्या पुरानै रहेको  थियो ।

त्यसैगरी, धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका ३, तेह्रथुमका २, इटहरीका १ जना र होम आइसोलेसनमा रहेका धरानकै १ जनाको मृत्यु भएको छ ।