२० वर्षअघिका फरार बलात्कार अभियुक्त पक्राउ

उदयपुर । दुईदशकअघि बलात्कार अभियो लागे पनि भाग्दै आएका उदयपुरका एक पुरुष पक्राउ परेका छन् । ०५७ सालमा एक महिलामाथि बलात्कार अभियोग लागे पनि फरार हुँँदै आएका साविक त्रियुगा नगरपालिका २ भई हाल त्रियुगा ११ का ४८ वर्षीय शेक्पा भन्ने रामसेवक चौधरी बुधबार पक्राउ परेका हुन् ।
२८ वर्षको उमेरमा बलात्कार अभियोग लागेका उनी घट्नालगत्तै भागेका थिए । उनलाई जवरजस्ती करणी मुद्धामा जिल्ला अदालत उदयपुरले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । तर, हालसम्म फरार रहँदै आएका उनी जिल्लाको उदयपुरगढी गाउँपालिका १ को बाहुनीटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
बाहुनीटारमा लुकिछिपी बस्दै आएको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्