संविधानलाई चुनौति दिने विप्लव समूहसँग कडा हुन गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा(विप्लव समूह)प्रति कडा रुपमा प्रस्तुत हुने प्रहरीलाई निर्देशन दिएका छन् । ६५औं प्रहरी दिवसका अवसरका शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले विप्लव समूहप्रति लक्षित गरेर कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका थिए ।
अहिले हाम्रो सामु संविधानको उपलब्धीलाई चुनौती दिँदै केही भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक(अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन्। त्यस्ता समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिए

प्रतिकृया दिनुहोस्