विद्यालयको पहुँच बढाउन किशोरकिशारीलाई कतार च्यारिटीको साईकल सहयाेग

कपिलवस्तु । विद्यालयको पहुँच बढाउन कपिलबस्तुमा लुम्बिनी एकीकृत विकास सस्थाले तौलिहवामा २६ किशोर किशोरीलाई साईकल बाँडेको छ । कतार च्यारिटी नेपालको सहयोमगा जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत उनीहरुलाई साईकल उपलब्ध गराइएको हो ।
विद्यालय टाढा भएका बिद्यार्थीलाई आउँजाउ गर्न सहजताकालागि साईकल दिइएको हो । सो अवसरमा सांसद अतहर कमालले विद्यालय टाढा हुँदा जान अप्ठेरो परेको विद्यार्थीलाई संस्थाले साईकल उपलब्ध गराएर राम्रो काम गरेको बताए । कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बिपन्न छात्रछात्रालार्ई साईकल दिएर संस्थाले धेरै राम्रो काम गरेको बताए । कार्यक्रमको हलिफ मुसलमानको अध्यक्षता र सुनिता बेल्बासेले सञ्चालन गरेका छन् ।

प्रतिकृया दिनुहोस्