November 25, 2020, Wednesday
२०७७ मंसिर ११, बिहीबार
ताजा अपडेट
P tv

प्रदेश सरकारको लगानीमा भेडेटारमा स्काईवाक निर्माण गर्न सहमति

प्रदेश सरकारको लगानीमा भेडेटारमा स्काईवाक निर्माण गर्न सहमति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । प्रदेश १ कै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा भने करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण हुने भएको छ ।

भेडेटार स्काईवाक परियोजनाको लागि बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगरमा सरोकारवाला तीन पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भेडेटार धनकुटा र सुनसरीको संगमस्थल हो ।

                स्काईवाक वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरंगले स्काईवाक निर्माण गर्ने सझदारीपत्रमा उल्लेख छ । प्रालिले भेडेटार चोकदेखि नजिकै चाल्र्स पोइन्ट(शैलुंग डाँडा)मा स्काईवाक निर्माण गर्न सम्भाव्यता अध्ययन पछि डिपिआर पनि बनाइसकेको छ । साँगुरीगढी गाउँपालिकाले चाल्र्स भ्यूटावरले उत्तर(धनकुटा)तर्फ चर्चेको जमिन र धरान उपमहानगरपालिकाले दक्षिण(सुनसरी)तर्फ चर्चेको आवश्यक सार्वजनिक जग्गा प्रालिलाई लिजमा उपलब्ध गराउनुपर्नेछ ।

लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा, परियोजना सञ्चालन पछि लिज, रोयल्टी तथा अन्य शुल्क वापत प्राप्त गर्ने रकमको बाँडफाँड बिषयमा तेस्रो पक्षको रोहबरमा पक्षहरुबीच आपसी सहमतिमा २२ दिनभित्र टुंग्याउने त्रिपक्षीय समझदारी पनि भएको छ । समझदारीपत्रमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला, धरानका मेयर तिलक राई, साँगुरीगढीका अध्यक्ष कुमारजंग याक्खा, धरानका प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, साँगुरीगढीका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

साँगुरीगढीका अध्यक्ष याक्खाका अनुसार स्काईवक परियोजनाको कुल लागत २० करोड रहेको छ । परियोजनामा २० प्रतिशत स्थानीयको पनि लगानी रहेनछ । स्काईवाकको उचाइ १०० मिटर देखी ५०० मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ । साथै, घुम्तिमा १० मिटर रहने पनि अध्यक्ष याक्खाले बताए । ‘भेडेटारको शैलुड डाँडाबाट धरानतर्फ ३९ मिटर लामो स्काईवाक हुनेछ,’याक्खाले भने,‘परियोजनाबाट बार्षिक १० लाख पर्यटक भित्राउने उद्देश्य रहेको छ ।