चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी

चाडपर्व लक्षित गरेर सुनसरीमा निषेधाज्ञा जारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । कोभिड १९ को जोखिम न्युनीकरण गर्न नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेषाज्ञा जारी गरेको छ ।

शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपुजाबाहेक सामुहिकरुपमा गरिने पुजाआजामा प्रशासनले रोक लगाएको छ । यसैगरि, मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन तथा पुजा गर्न, भक्ति संगित तथा भजनकिर्तनमा पनि प्रशासनले रोक लगाएको छ ।

विगतमा जस्तो चाडपर्वमा सञ्चालन हुने मेला जात्रा गर्न पनि प्रशासनले रोक लगाएको छ भने राजनैतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न पनि प्रशासनले रोक लगाएको छ । यसैगरि, सामुहिकरुपमा भेला भएर गरिने कुनै पनि क्रियाकलापहरुमा पनि प्रशासनले रोक लगाएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जनाएका छन् ।

प्रशासलने स्थानीय प्रशासन ऐन २०२८ र  संक्राक रोग ऐन, २०२० वमोजिम जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । उल्लंघन गरे कानुन वमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । सुनसरीमा पछिल्लो समय तीब्ररुपमा कोरोना संक्रमणको दर वृद्धि भइरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढीरहेको छ ।