ज्यान मार्ने उद्योगमा फरार भएका युवा पक्राउ

ज्यान मार्ने उद्योगमा फरार भएका युवा पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । दुई साताअघि इटहरीमा एक युवालाईं घेरा हालेर ज्यान मार्न खोज्ने समूहका मुख्य नाइकेलाईं प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इटहरी– ८ का ३२ वर्षे विपिन कार्कीलाई घेरा हालेर ज्यान मार्न खोज्ने समूहका मुख्य नाइके इटहरी– ९ का हर्के भन्ने आदर्श चौधरीलाईं पक्राउ गरेको हो ।

चौधरीसहित पाँच जनाको समूहले विपिनलाईं असोज १४ गते इटहरीको ग्रिनपिस बोडिङ् स्कुल अगाडिको बाटोमा मोटरसाइकलमा जादै गर्दा घेरा हालेर टाउँकोमा प्रहार गरेको थियो । घटनापछि फरार भएका चौधरीलाईं आफ्नै घरमा लुकीछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका चौधरीलाईं ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएर अनुसन्धान चलिरहेको छ । गुण्डागर्दी गर्ने समूहका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।