कैलालीका संचारकर्मी निर्मला मृत्यु प्रकरणः अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन

कैलालीका संचारकर्मी निर्मला मृत्यु प्रकरणः अदालतले धरौटीमा रिहा गरेपछि प्रदर्शन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । आत्महत्या गरेकी भनिएको कैलाली एफ एममा कार्यरत संचारकर्मी निर्मला पहराईका आफन्त तथा बिभिन्न दलित संघसंगठनले न्यायको माग राखेर शुक्रवार कैलालीको सुख्खडमा प्रदर्शन गरेका छन । आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ती दिन खोजिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन । ‘निर्मलाको हत्या भएका धेरै तथ्य छन । हत्या गरेको भनेर किटानी उजुरी दिइएकालाई पनि अदालतले धरौटीमा रिहा गर्नु दुर्भाग्य पुर्ण भएको अधिकारकर्मी चक्र बिकले बताए । उनीहरुले पत्रकार निर्मलाकी हत्यारालाई कारवाही गर्न माग गर्दै राजमार्गमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।

                प्रदर्शनअघि बिभिन्न संघ संगठनले धनगढीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको संयुक्त बिज्ञप्तीमा निर्मलाको हत्या नै भएकाले न्याय दिलाउन आन्दोलनका कार्यक्रम घोषणा गरेको बताएका थिए ।

यसैगरि बिज्ञप्तीमा प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार लाश नजिकै चप्पल मिलाएर राखिएको, लेडिज छाता नजिक रहेको,हातको घडी २७ फिट टाढा घडिको फता चुडिएको अवस्थामा फेला परेको, निर्मलाको मोवाईल हालसम्म फेला नपरेको, खुट्टाको औलामा माटो गडेको तर चप्पलमा कुनै माटो नदेखिएको,कुर्ता च्यातिएको, माथीको कपडा समेटिएको र खुट्टामा रगत देखिएको उल्लेख छ ।

बिज्ञप्तीमा जारी गरेर आन्दोलन घोषणा गर्नेमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिशन अम्वेडर, दलित मुक्ती मोर्चा, थरुहट, थारुवान राष्टिय मोर्चा, नेपाल दलित पार्टी, उत्पीडित समन्वय मंच, आदिवासी जनजाती महासंघ, नेपाल दलित मुक्ती अभियान, बिश्वकर्मा समाज, दाजु बिशाल पहराई र अधिकारकर्मी किरण पौडेल रहेका छन ।

कैलाली घोडाघोडी नगरपालिका– ४ की निर्मला भदौ ३१ गते बिहान साढे ६ बजेको समाचार पढेर घर गएकी थिइन् । त्यसैदिन देखि सम्पर्क बिहिन भएकी थिइन् । ३ दिन पछि भदौ २ गते घोडाघोडी नगरपालिका– ५ को फुलबारी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा उनको शब फेला परेको थियो ।