प्रदेश २ मा दशैंमा शक्तिपीठ दर्शन र पुजा गर्न निषेध

प्रदेश २ मा दशैंमा शक्तिपीठ दर्शन र पुजा गर्न निषेध
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर । कोरोनाको संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी प्रदेश २ का स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेको छ । शक्तिपिठ, मन्दिर तथा पण्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिकरुपमा गरिने पुजा गर्न प्रदेशका स्थानीय प्रशासनले रोक लगाएको छ ।प्रशासनको निषेधाज्ञाका कारण विगतमा जस्तो चाडपर्वमा सञ्चालन हुने मेला जात्रा गर्न पनि रोक लागेको छ । विगतमा  राजनैतिक दलहरुबाट गरिने शुभकामना आदनप्रदान कार्यक्रमहरुमा समेत प्रशासनले रोक लगाएको छ । यसैगरि, सामूहिकरुपमा भेला भएर गरिने क्रियाकलापका कारण संक्रमण एक व्यतिmबाट अर्को व्यतिmमा सर्ने भएकाले पनि प्रशासनले यस्ता कार्यक्रमणमा रोक लगाएको जनाएको छ ।यस प्रदेशमा कोरोना संक्रमण र मृत्यु दर तीब्र रुपमा वृद्धि भइरहेको कारणले चाडपर्वलाई लक्षित गरेर मन्दिर आसपासमा ठूलो जमघट नहोस् भनेर निषेधाज्ञा जारी गर्नुपरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए  । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा  संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ अनुरुप जिल्ला प्रशासन कार्यालय सिरहाले कात्तिक १ गत्तेदेखि कातिक ९ गत्तेसम्म नित्य पुजाबाहेक दर्शनका लागि सर्वसाधारणलाई निषेध गरिएको छ ।