May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

भारत सन् १९५० को सन्धि संशोधन गर्न तयार हुनु पर्ने पूर्वभारतीय राजदूत रन्जित रेको भनाइ

भारत सन् १९५० को सन्धि संशोधन गर्न तयार  हुनु पर्ने पूर्वभारतीय राजदूत रन्जित रेको भनाइ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेले भारत सन् १९५० को सन्धि संशोधन गर्न तयार हुनुपर्ने बताएका छन् । सो सन्धिबारे उनले भनेका छन्, ‘सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको समयमा भारत सन् १९५० को सन्धिको बारेमा नेपालले ल्याउने प्रस्तावलाई विचार गर्न तयार रहेको भारतको अडानलाई दोहोर्याएका थिए । स्पष्ट रुपमा दुवै पक्षलाई स्वीकार हुनेगरी नेपालसँगको सन्धि संशोधनको काम गर्न हामी सक्षम हुनुपर्छ ।’ उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन दुई वर्ष बितिसक्दा पनि भारतले स्वीकार नगर्नुले कि भारत सो प्रतिवेदनप्रति असन्तुष्ट छ, कि यसलाई ध्यान दिइरहेको छैन  । सो प्रतिवेदनका विषयमा हामीले आफ्नो दृष्टिकोण स्पष्ट रुपमा नेपाली पक्षसँग राख्नुपर्छ ताकि यो विषय द्विपक्षीय सम्बन्धमा अर्का नकारात्मक कारण नबनोस् ’ भनेका छन् ।         

भारतीय सेना प्रमुख एमएम नरभाने आगामी नोभेम्बरको पहिलो साता नेपाल भ्रमणमा आउने तय भएको सन्दर्भमा भारतीय पत्रिका दि इकोनोमिक टाइम्समा एक लेख लेख्दै राजदूत रेले यो भ्रमण द्विपक्षीय सम्बन्धमा स्वागयोग्य विकासक्रम भनेका छन् । उनले भनेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीले हालै मन्त्रीमण्डल पुनर्गठन गरेर इश्वर पोख्रेललाई रक्षा मन्त्रीको जिम्मेवारीबाट हटाएर सहमतिको मार्ग खोलेका छन् । पोखरेलले हाम्रो सेना प्रमुखले नेपालले कसैको ईशारामा सो कद्म चालेको भनी अभिव्यक्तिको कडा विरोध गरेका थिए भनेर लेखमा उल्लेख गरेका छन् ।

उनले नेपालको सेना प्रमुखले भने बुद्धिमत्तापूर्वक यस विषयमा केही पनि नबोलेको समेत उल्लेख गरेका छन् । भारतिय सेना प्रमुखको भ्रमणले दुई देशबिचको सेनाको सम्बन्धलाई सुदृढ बनाउने अवसर प्रदान गर्छ । जुन द्विपक्षीय सम्बन्धको आधारस्तम्भ हो ।

उनले लेख्छन दुई देशको प्रधानमन्त्रीको बिचमा टेलिफोन संवाद भएको छ र द्विपक्षीय परियोजना अनुगमन समितिको वैठक पनि बसेको छ । नेपाली पक्ष सीमा विवादको सम्बन्धमा छलफल गर्न परराष्ट्रसचिवस्तरीय बैठक गर्न आतुर छ । नेपालले प्रवुद्ध समूहको प्रतिवेदन पनि बुझने र कार्यान्वयन हुने काम होस् भन्ने चाहिरहेको छ ।’ अनलाइन खबरबाट सभार