साँगुरीगढी गाउँपालिकाका बाढिपहिरो पीडित परिवारलाई सहयोग

धनकुटा । धनकुटाको सागुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाद्ययन्न सहित आर्थिक सहयोग वितरण गरिएको छ । सो गाँउपालिकाको १ ,२ र ७ नं वडाका ४१ घरपरिवारलाई खाद्ययन्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो ।
यूएनडिपिको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र सागुरीगढी गााउपालिकाको व्यवस्थापनमा वितरण गरेको सहयोगमा प्रति पीडित परिवार ५० केजि चामाल, चार लिटर तेल, तीन केजि नुन, तीन केजि चिनी, पाँच केजि दाल र दुइ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए ।
राहत वितरण कार्यक्रममा बोल्दै सागुरीगढी गाँपालिका अध्यक्ष कुमार जंग याख्याले बाढी पहिरो जस्ता विपत्तिवाट पीडित परिवारलाई व्यवस्थापन तथा सुरक्षका लागि लागिपरिरहेको भन्दै प्रदेश तथा केन्द्र सरकार संग छलफल भइरहेको बताए । उक्त राहत रकम प्रदेश सभा सांसद निरन राई, साँगुरीगढी गाउँपालिका उपाध्यक्ष विन्द्रा राई र साँगुरीगढी गाउँ कार्यपालिका सदस्य बालकृष्ण राई लगायतले वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्