इटहरीका चार मासु पसलमा तालाबन्दी

इटहरीका चार मासु पसलमा तालाबन्दी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । मापदण्ड अनुसार सञ्चालन गरेको नपाइएपछि इटहरीका चारवटा मासु पसलमा तालाबन्दी गरिएको छ। न्यूनतम मापदण्ड पालना नगरिकन संक्रमण फैलिने ढंगले सञ्चालन गरिएको मासु पसलमा तालाबन्दी गरिएको हो ।

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्व टोलीले शनिबार वजार अनुगमनको क्रममा विपी चौक जाने सडक छेउमा रहेका मासु पसलमा ताला लगाइएको हो । चाडपर्वलाई मध्यनजर राखेर असोज २५ गतेदेखि इटहरीमा अनुगमन चलिरहेको छ। यसैक्रममा मापदण्ड विपरीत सञ्चालन भएका मासु पसल तालाबन्दी गरिएको हो । तालाबन्दी गरिएका मासु पसल सञ्चालकलाई खुल्ला रुपमा मासु नवेच्न र तीनदिन भित्रमा जाली लगाउनुका साथै आवश्यक मापदण्ड तयार गरेर मात्र सुचारु गर्न  निर्देशन सहितको पत्र दिइएको छ । तर अटेर गरेर सञ्चालन गरेको पाइएपछि तालाबन्दी गरिएएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले वताए । इटहरी क्षेत्रमा सञ्चालित अरु चार वटा पसललाई तीन दिन भित्र सुधार निर्देशन दिइएको छ।

इटहरीमा मासु पसल मापदण्ड बिना सञ्चालन हुने वग्रेल्ती छन् । अघिल्लो वर्ष पनि चाडपर्वकै बेला इटहरी वजारको अनुगमनको क्रममा कुहिएको मासु समेत वेच्न राखेको पाइएको थियो ।