वीरगन्जबाट २३ किलो बढी सुन बरामद

वीरगन्जबाट २३ किलो बढी सुन बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले शनिवार दिउँसो वीरगन्ज –५ रेशमकोठीबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । अलग–अलग आकारका सुनको बिस्कुट २२ किलो ५७६ ग्राम र सुनबाट बनेका गहनाहरु ६५४ ग्राम बरामद भएको हो ।

वीरगन्ज बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको कोठाबाट प्रहरीले सुन बरामद गरेको हो ।  रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फ्लाटमा सुन बरामद गरेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन । भारत पूर्वी चम्मपारण हरैया निवासी सिन्हाले कोठामा सुन तथा चाँदी लुकाइ छिपाई राखेको छ भन्ने सूचनाको अधारमा प्रहरी उपरीक्षक पन्तकै नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो ।