बिजुलीको बिल नगरपालिकाले तिरिदिने

बिजुलीको बिल नगरपालिकाले तिरिदिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगर परिषदले सम्पूर्ण किसानको कृषि कार्यमा प्रयोग हुने बिजुली तथा घरायसी प्रयोजनमा प्रयोग हुने बिजुलीको बिल नगरपालिकाले तिर्ने निर्णय गरेको छ । असोज महिनादेखि आगामी असार सम्मको बिजुलीको बिल तिर्न नगरसभाले ७० लाख रुपैया विनियोजन गरेको छ ।

उद्योग, कलकारखना तथा ब्यावसायमा प्रयोग हुने बिजुलीको बिल भने सम्बन्धित व्यक्ति वा निकायले नै तिर्नुपर्ने भएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, खानेपानी र यातायातलाई विशेष प्राथमिकतामा राखेको बजेटले सबैभन्दा ठूलो राहत सर्वसाधारणलाई दिएको छ । नगरसभाले चालू आर्थिक वर्षको लागि ५४ करोड २० लाख १३ हजार १९ रुपैयाको बजेट सर्वसम्मतले पारित गरेको छ ।