गोरखा दरबारमा जमरा राखियो, अत्यावश्यक बलीमात्रै चढ्ने

गोरखा दरबारमा जमरा राखियो, अत्यावश्यक बलीमात्रै चढ्ने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थलमनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) शनिवार धार्मिक वीधिपूर्वध बिहान १० बजेर ४६  मिनेटमा जमरा राखिएको छ । गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालका अनुसार कालिकाभगवती र गोरखनाथमन्दिरमा दुई पाथीजौ को जमरा राखिएको हो । यसरी राखिएको जमरा टिकाको दिनकर्मचारी र आसपासका स्थानीय दरवारमा भेलाभएर कालिकाभगवतीलाई टिका, जमरा लगाएपछि मात्रै घर गएर टिका लगाउने प्रचलन छ । मनकामनामन्दिरमा पनि जमरा राखिएको छ ।

‘घटस्थापनाको दिनदेखि दशैँ विषेश पुजा सुरु हुन्छ’ अड्डाका प्रमुख  भुषालले भने ‘कोभिडको प्रभावले बिगतमा जस्तो रौनकछैन । नगरी नहुने नित्यपुजा अनुसार यस वर्ष बलि चढ्छ ।’ गोरखा दरवारमा महाअष्टमी र महानवमीको दिन मुख्य बली दिने चलन छ । ३२ वटा बोका, सतार सहित १५ वटा राँगा, १२ वटा भेडा, १३ वटा कुखुरा र भैरवलाई पाँचवटा सुँगुरको बली गतवर्ष चढाइएको थियो । यो वर्ष यी सबै बलीदिने तयारी छैन । अत्यावश्यक बली दिने योजनामा दरबार हेरचाह अड्डा रहेको छ । भक्तजनको प्रवेश नै रोकिएकाले सबैका लागि बली खुल्ला गर्ने तयारी नरहेको दरबार हेरचाह अड्डाले जनाएको छ । भक्तजनका लागि तत्काल मन्दिर खुलाउने योजना नरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । 

मनकामनाभगवतीलाई नियमति बली दिने र घटस्थापनाको दिन राखिएको जमरा टिकाको दिन भक्तजनसहितलाई लगाईदिने प्रचलन थियो । यस वर्ष कोभिडको प्रभावका बिच भक्तजनको लागिमन्दिर प्रवेश बन्द गरिएको छ ।