सुनसरीमा जोरविजोर प्रणाली लागु

सुनसरीमा  जोरविजोर प्रणाली लागु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी । सुनसरी जिल्लामा छोटो दुरीको यात्रुवाहक सवारीसाधनहरु जोरविजोर प्रणाली लागु हुने भएको छ ।

सुनसरीस्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि)को बैठकले आज आइतबारदेखि जिल्लामा छोटोदुरीको सवारीमा जोरविजोर लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुनसरीमा छोटो दुरीको बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रमे, इरिक्सा, मोटरसाइकलमा जोरविजोर लागु हुनेछ ।

हिजो शुक्रबारको निर्णय अनुसार सुनसरी जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने पनि निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । उनका अनुसार सुनसरी जिल्लाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारीसाधानहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय भएको छ । ‘यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय भएको छ,’ प्रजिअ पोखरेलले भने ।

सोही बैठकले मुल सडक, बजार तथा बसपार्क क्षेत्रमा स्थानीय तहको अनुमतिमा सञ्चालन भएका बसपार्कमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाईने पनि निर्णय गरेको छ । फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाउने बैठकले निर्णय गरेको पनि प्रजिअ पोखरेलले बताए ।