केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) र नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहकार्यमा कर्णाली र सुदुरपश्चिम प्रदेशको सामाजिक आर्थिक विकासको लागि डिजिटल कर्णालीका लागि काम गरिरहेको छ ।

केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापको लागि काम गरिरहेको छन । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालको दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँने गरी काम गरिरहेको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले बताए । अहिलेको कोभिड १९ महामारीबीच विद्यालय, व्यापार लगायत अनलाइनको प्रयो सँगै इन्टरनेटको महत्व झनै बढेर गएको बेला  डिजिटल कर्णाली अभियानले थप योगदान दिने अध्यक्ष अग्रवालले बताए ।

                केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिएका छन् । यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ । त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो  पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागि सहयोग गर्नु हो । यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार पाएको अध्यक्ष पन्तले बताए ।

                विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको सिर्जना गरिरहेका छौ । यसको लाभ उठाउन व्यवसायी, सामुदायिक समूह र व्यक्तिहरूको इन्टरनेट पहुँच प्राप्त गर्ने ईच्छा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक अग्रवालले बताए । “ सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने“ हाम्रो संस्थाको मुल्य र मान्यतासँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने अध्यक्ष अग्रवालले बताए ।

दुबै पक्षले रोजगारी सिर्जना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन  आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न मिलेर काम गर्ने वाचा गरेका छन्  । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ ।  कर्णाली बेसिन संरक्षण फाउन्डेशन  कर्णाली र सुदुरश्चिम पहाडको सामाजिक र आर्थिक विकासको लागि निरन्तर क्रियासिल सामाजिक संस्था हो ।