उदयपुरमा स्कारपियो दुर्घटनाः पाँच जनाको मृत्यु, ३ घाईते

उदयपुरमा स्कारपियो दुर्घटनाः पाँच जनाको मृत्यु, ३ घाईते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको सिद्धिचरण लोकमार्गमा आईतबार विहान भएको स्कारपियो जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । भैरहवाबाट ओखलढुंगातर्फ गईरहेको बा २० च ७१७१ नम्बरको स्कारपियो जीप सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका १४ भदौरेमा आईतबार विहान अन्दाजी १ः०० बजे दुर्घटना हुँदा त्यसमा सवार ८ मध्ये ५ को घट्नास्थलमै मृत्यु भएको हो ।
एक्कासी ब्रेक फेल भएर दुर्घटनामा परेको जीप सडकबाट अन्दाजी ९ सय मिटर तल खसेर क्षतविक्षत भएको घट्नास्थल पुगेको प्रहरी कार्यालय कटारीले जनाएको छ । दुर्घटनामा परी कटारी नगरपालिका– ८ सिरिसेका ३० वर्षीय महेशबहादुर बिकको घटनास्थलमै मृत्यू भएको छ भने अन्य ४ जना ओखलर्ढुगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका रहेको प्रहरीले जनाएको छ ।
घट्नास्थलमै मृत्यु हुनेमा मानेभञ्ज्याङ– ९ का ४५ वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की र ३५ वर्षीया नरिमाया सार्की रहेको इप्रका कटारीले जनाएको छ ।
चालक रुपन्देही त्रिदम्बा नगरपालिका–१५ का रामबहादुर खड्काका २८ वर्षीय छोरा पवन खड्का गम्भीर घाईते भएका छन् । उनको कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए । त्यस्तै ओखलढुंगा मानेभञ्ज्याङ–९ कै सागर सार्कीकी छोरी १८ वर्षीया कल्पना सार्कीको पनि अवस्था गम्भीर छ । टाउको र शरिरका बिभिन्न भागमा चोट लागेकी उनलाई पनि कटारीमा प्राथमिक उपचारपछि बिराटनगर रिफर गरिएको छ ।
रुपन्देहीकै रामबहादुर सार्कीकी श्रीमती ३१ वर्षीया कुमारी सार्कीको भने अवस्था सामान्य छ । दाहिने खुट्टामा चोट लागेकी उनको उपचार कटारी अस्पतालमा भईरहेको डिएसपी भण्डारीले बताए । दुर्घटना भएको खवर पाएपछि प्रहरी चौकी घुर्मी र कटारीबाट गएको संयुक्त टोलीले घाईतेहरुको उद्धार गरी उपचारार्थ अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।