June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

शिक्षक हत्याका आरोपी पक्राउ

शिक्षक हत्याका आरोपी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन् । माई नपा–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन् ।

                गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट एसपी नवीनराज राई नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको थियो । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको कुकुर ल्याएर घटना अनुसन्धान गरिएको जिल्ला प्रहरीका डिएसपी लालध्वज सुवेदीले बताए ।

                पक्राउ पदमसहित घटनामा प्रयोग गरिएको खुकुरीसमेत फेला परेको प्रहरीले जनाएको छ । पदमलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको डिएसपी सुवेदीले बताए । शिक्षक पुष्पलाल माई नपाकै अम्लिसेभञ्ज्याङ आधारभूत विद्यालयमा अध्यापनरत थिए ।