बुटवल उपमहानगरका कर्मचारीको आइसीयु बेड खोज्दाखोज्दै ज्यान गयो

बुटवल उपमहानगरका कर्मचारीको आइसीयु बेड खोज्दाखोज्दै ज्यान गयो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगरका एक जना वडा सचिवको उपचार नपाएरै शनिबार साँझ मृत्यु भएको छ । असोज २७ गते कोरोना पोजेटिभ देखिएका बुटवल उपमहानगर– ८ का ४९ बर्षे ती कर्मचारी होम आइसोलेसनमा बसेका थिए । शुक्रबार रातीदेखि उनको स्वास्थ्यमा समस्या देखियो । परिवारले शनिबार बिहानै पाँच बजेदेखि नै बुटवल भैरहवाका कोभिड अस्पतालहरुमा बेड मिलाइदिन अस्पताल प्रशासन, चिकित्सक सबैसँग अनुरोध गरे । तर कोभिड अस्पतालहरुमा बेड खाली नभएपछि चिकित्सकहरुले भैरहवा मेडिकल कलेजमा लैजान सुझाव दिए  । त्यहाँ पनि बेड खाली नभए पछि अन्तत उनलाइ बिहान ८ बजे लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा लगियो । तर उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

रुपन्देहीमा मात्रै कोरोनाबाट ४९ जनाको मृत्यु भइसकेको छ । संक्रिय संक्रमितकै संख्या १५ सय नाघेको छ ।