क्रसकन्ट्रि साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयलाई

क्रसकन्ट्रि साइक्लिङ च्यालेञ्जको उपाधी सञ्जयलाई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही। बुटवलमा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सञ्जय परियारले जितेका छन । ह्याप्पी साईक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि जितेका हुन । उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन ।  उपाधिसंगै उनले नगद पाँच हजार ५५५ रुपैया प्राप्त गरे ।

बुटवलका समिर रायनले २१.३४ मिनेटमा दुरि पार गर्दै दोस्रो स्थान हासिल गरे । उनले नगद तीन हजार ३३३ रुपैयाँ प्राप्त गरे । बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । उनले नगद एक हजार १११ रुपैया प्राप्त गरेका छन । भिक्टर फुड र लेभिस लन्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले स्वस्थ्य रहन साईक्लिङ महत्वपुर्ण हुने बताए ।  रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए ।