बेलबारी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

बेलबारी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा  बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अत्याबश्यक बाहेकको सबै सेवा बन्द गरेको छ । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले सोमबार देखि अत्याबश्यक बाहेकको सेवा कात्तिक ६ गतेसम्मका लागि बन्द गरेको हो ।

                सोमबार नगरपालिकाले सूचना प्रकाशित गरी नगरपालिका तथा मातहतका वडा कार्यालयबाट प्रबाह हुने अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाले दशै, तिहार,छठलगायतका चाडवाड आ–आफ्नो घरभित्रै मनाउन र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरेको छ ।