चौबिसेमा नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण

चौबिसेमा नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ ।

                गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पुर्याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

                वर्षाका कारण बाढी पहिरोबाट क्षति भएको सोही गाउँपालिकाको वडा नं. ७ र ८ को अठारसय खानेपानी र आमडाँडा खानेपानी उपभोक्ता समितिहरुलाई ६ सय मीटर खानेपानीको पाइप पनि वितरण गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौबिसे गाउँपालिकाको सबैै वडामा विद्युतलाईनको पहुँच भन्दा बाहिर रहेका अति विपन्न १ सय घरधुरी परिवारलाई सोलार सेट वितरण गरिएको छ । रमाईलो कक्षा संचालनको लागि गाउँपालिकाका सबै विद्यालयका केजी र बाल कक्षाहरुलाई एलइडी टिभी ४७ थान र कक्षा–६ देखि १२ कक्षासम्मका छात्राहरुको लागि १३ हजार ५ सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् ।