धरानका थप ३ संक्रमित र इटहरीका एक जनाको मृत्यु

धरानका थप ३ संक्रमित र इटहरीका एक जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । धरानका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जना संक्रमितको घरमा मृत्यु भएको हो । धरानको वडा नं ८ का ६८ बर्षीय संक्रमितको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेका संक्रमित आफैले घर जाने जिद्दि गरेपछि परिवारको जिम्मामा अस्पतालले डिस्चार्ज दिएको थियो । उनलाई घर ल्याएको केही समय पछि नै मृत्यु भएको वडा सदस्य सावित्री परियारले जानकारी दिइन् ।

यसैगरि, धरान ८ को एघार घरे भन्ने स्थानमा आज बिहान एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । धरान ८ कै वडा सदस्य राम मगरका अनुसार मृतक मृगौलाका विरामी थिए । उनको डाइलाइसिस गरिरहेको पनि उनले जानकारी दिए ।

यस्तै, हिजो आइतबार साँझ सवा ७ बजे धरान १९ की ७० बर्षीया वृद्धाको पनि होम आइसोलेसनमा नै मृत्यु भएको छ । उनको एक साताअघि पुनः पिसिआर परिक्षण गरिए पनि रिपोर्ट पोजेटिभ आएपछि थप होम आइसोलेसनमा बसेको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

वीपीमा इटहरीका सक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी २० का ७८ बर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ३ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार असोज १९ गते प्रतिष्ठान भर्ना गरिएका ती विरामीलाई कार्तिक १ गते संक्रमण पुष्टि भएको थियो । उनलाई एनेमियालगायत दीर्घ रोगहरु थियो ।