June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

विराटनगरबाट तीन सट्टेबाज पक्राउ

विराटनगरबाट तीन सट्टेबाज पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङ प्रहरीले विराटनगरबाट तीन जना सट्टेबाजी लगाउनेलाई पक्राउ गरेको छ । जारी इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आइपिएल)मा सट्टेबाजी लगाउनेलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आइतबार राति ११ बजेतिर पक्राउ परेका विराटनगर–१६ का ३७ वर्षीय पुरुषोत्तम साहको घरबाट तीन जनालाई बाजी लगाउँदै गर्दा पक्राउ गरेको बताए ।

अन्य पक्राउ पर्ने सट्टेबाजमा विराटनगर–१६ का ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेको प्रहरीले जनाएको छ । एसपी खड्काले भने सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा पुरुषोत्तमको घरबाट तीनै जनालाई पक्राउ गरेको र उनीहरूका साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, तीन वटा मोबाइल, सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीन वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

अनलाइनमार्फत पैसाको बाजी लगाउने गरेको भेटिएको छ । असोज २५ गते प्रहरीले विराटनगर–११ का रोनल कँडेललाई पक्राउ गरेको छ । सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनलाई विराटनगरकै सञ्जय सिंघललाई अपहरण गरी होटलमा लगेर शरीर बन्धक एवं कुटपिट गरिएको आरोपमा प्रहरीले कँडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।