भारी मात्रामा दालचिनी पक्राउ

भारी मात्रामा दालचिनी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर प्रहरीले भारी मात्रामा दालचिनी (तेजपत्ताको बोक्रा) पक्राउ गरेको छ । प्रहरी चौकी सुकौराबाट खटेको गस्ती टोलीले नियमित चेकजाँचको क्रममा जिल्लाको रौतामाई गाउँपालिका ७ को खानीटारबाट एक हजार २ सय ९१ किलो दालचिनी नियन्त्रणमा लिएको हो ।

                रौतामाईबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स १ त ७०९५ नं. को ट्याक्टर प्रहरीले चेकजाँच गर्ने क्रममा वैधानिक कागजातबिनै ल्याईरहेको पाएपछि राति ७ः०० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जडिबुटी तथा मसलाजन्य वनस्पति तेजपातको बोक्रा तेजपातभन्दा महँगो र गुणस्तरीय हुने भएकाले अवैध कारोबार हुने  गरको ठहर प्रहरीले गरेको छ ।

                अवैध पाइएपछि प्रहरीले दालचिनी, ट्याक्टर र चालक त्रियुगा नगरपालिका ९ गैरुनका २४ वर्षीय भोजराज राउतसमेतलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनका अनुसार त्रफाउ सामान र चालकलाई आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय भुटार पठाइएको छ ।