महालक्ष्मी नगरका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण

महालक्ष्मी नगरका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । यो बर्षको बाढिपहिरोले क्षति पुगेका महालक्ष्मी नगरपालिका क्षेत्रमा ३७ घरपरिवारलाई खाद्यान्न सहितको राहत वितरण गरिएको छ ।

यूएनडिपिको आर्थिक सहयोग तथा महालक्ष्मी नगरपालिका र पर्डेप नेपाल धनकुटाको व्यवस्थापनमा एक कार्यक्रमका वीच क्षति पुगेका बाढिपहिरो पीडित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रतिपरिवार ५० केजी चामल, ५ केजी दाल, ४ लिटर तेल, ३ केजी चिनी र २ केजी नुन वितरण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले नगरभित्र यस वर्ष बाढिपहिरोले पूर्णरुपमा क्षति भएका ३७ घरपरिवारलाई  यूएनडिपि  र पर्डेप नेपालसँग समन्वय गरेर राहत वितरण गरिएको बताए ।

बाढिपहिरोले महालक्ष्मी नगरपालिकाको वडा नं १ मा आठ घर, वडा नं २ मा तीन घर, वडा नं ५ मा सात घर ,वडा नं ४ मा तीन घर, वडा नं ६ मा पाँच घर ,वडा नं ७ मा  सात घर वडा नं. ८ मा एक  घर र वडा नं. ९ मा तीन घर मा क्षति पुगेको थियो ।