कोरोना संक्रमित बृद्ध महिलाको मृत्यु

कोरोना संक्रमित बृद्ध महिलाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । कोरोना संक्रमणका कारण कर्णालीमा थप एक जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ८६ वर्षीया वृद्ध महिलाको मंगलबार दिउँसो एक बजेतिर कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

कोरोनाका कारण मृत्यु भएकी बृद्धा ज्वरो र खोकीको लक्षणसहित असोज ३० गते बेलुका पाँच बजे आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । कात्तिक १ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘कोरोना संक्रमण देखिएपछि उहाँलाई कोभिड–१९ अस्पतालको सघन कक्षमा सारिएको थियो,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘उपचारकै क्रममा मंगलबार दिउँसो एक बजे मृत्यु भयो ।’ योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १४ पुगेको छ ।