दशैंमा जुम्ला–सर्खेत– नेपालगंज सहुलियत उडान

दशैंमा जुम्ला–सर्खेत– नेपालगंज सहुलियत उडान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुम्ला । गो कर्णाली टुर एण्ड ट्राभल्सले सीता एयर मार्फत कात्तिक १ गते देखि सुर्खेत जुम्ला, जुम्ला नेपालगंज सहुलियत हवाई उडान गरिरहेको छ । कोभिड १९ ले जनजीवन प्रभावित भइरहेको बेला सहुलियत उडान हुन थालेपछि जुम्लाबासी निकै खुसि छन् ।

पहिले पाँच हजार पाँच सय रुपैयाँमा उडान भरिदै आएकोमा अहिले चार हजार एक सय रुपैयाँमा उडान हुन थालेको हो । गो कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक ललित महतका अनुसार सहुलियत उडान लामो समय सम्म कायमै रहनेछ ।

कर्णाली पर्यटन उत्थान समितिका संयोजक समेत रहेका महतले दसैंँमा जिल्ला वाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका मानिसहरुका लागि सहुलियत उडान सेवा शुरु भएको बताए ।  कर्णालीको हवाईभाडामा नागरिकले धेरै पैसा फाल्नु पर्ने वाध्यता हटेको सञ्चालक महत बताउँछन् । उनले भने,‘सहुलियत उडानले आन्तरिक तथा बाह्य पर्यटनलाई निकै टेवा पुग्नेछ । पर्यटन प्रर्वद्धनका क्रियाकलापमा सहयोग पुग्नेछ । ’

सहुलियत उडान सेवाका सेवाका लागि सीता र गो कर्णाली टुर एण्ड ट्राभल्स बीच सम्झौता भएको छ । सहुलियत उडान हुन थालेपछि स्थानीय सडकमार्ग भन्दा पनि हवाई मार्ग मार्फत घर फर्किरहेका छन् ।

सहुलियत उडान शुरु भएपछिका उडानमा झण्डै दुई सय बढीले जहाजमा यात्रा गरेका छन् ।  अहिले नेपालगंजको जहाँज दैनिक भएको र सुर्खेत देखी जुम्लाको लागि कात्तिक ५,६ र ७ गते उडान कायम गरिएको छ । पहिले सुर्खेतबाट जहाज उडान नहुँदा निकै समस्या भइरहेको थियो ।