बस दुर्घटना हुँदा चालकको मृत्यु

बस दुर्घटना हुँदा चालकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।

मध्यपश्चिम यातायातको ना.३.ख. ५५१९ नम्वरको बस सडकमा रोकिराखेको टिप्परमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिकाका बस चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बसको ब्रेकफेल भएर सडक किनारमा रोकिराखेको टिप्परमा ठोक्किएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । बसमा सवार घाइते १४ जना यात्रुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।