सेवा बन्द गरी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

सेवा बन्द गरी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । तलब नपाएको भन्दै भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । दिनरात नभनी विरामीको ओहोरात्र उपचारमा खटिएका आफूहरुले भाद्र, असोज महिनाको तलब र दशै भत्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलन अन्तर्गत मंगलबार उनीहरुले दुई घण्टा सेवा बन्द गरी नालाजुलुश गरेका थिए । यसअघि सोमबार उनीहरु आधा घण्टा सेवा बन्द गरी नाराजुलुशमा उत्रेका थिए ।

कर्मचारी कल्यणकारी संघका अध्यक्ष शिवराम धुख्वाले माग यति गर्दा पनि माग पूरा नगरे बुधबारदेखि ओपीडीबाहेकको सवै सेवा बन्द गरी आन्दालनमा उत्रने चेतावनी दिए । आन्दोलनमा क्यान्सर अस्पतालका तीन सय जना भन्दा वढी कर्मचारी सहभागी रहेका थिए ।

अस्पताल व्यवस्थापन समितिका मनोनित अध्यक्ष महेश श्रेष्ठले कर्मचारीको तलब दिने कागजातमा सही नगरेपछि यो आन्दोलन सुरु भएको जनाएको छ । कर्मचारी आन्दोलनका कारणले विरामीहरु मार्कामा परेका छन् ।

कर्मचारी कल्यणकारी संघका अध्यक्ष शिवराम धुख्वाले अस्पताल व्यवस्थापन समिति स्वयम् अबैध भएको बताए । उनले अस्पताल व्यवस्थापन समिति अबैध भएकै कारण अहिले यो अवस्था श्रृजना भएको बताए । १४ महिनादेखि व्यस्थापन समितिमा कोको छन् केही थाहा छैन्, उनले भने । कर्मचारीहरुको तलबको लागि महेश श्रेष्ठले दस्तखत गर्छ, त्यती थाहा छ, उनले थपे ।

अस्पतालमा व्यापक भष्टाचार भएको भन्दै १४ महिना अघि भक्तपुर नगरपालिकाले अस्पताल कव्जामा लिएको थियो । उसले व्याप्त व्यवस्थापन समितिलाई भंग गरी नयाँं व्यवस्थापन समिति गठन गरेको घोषणा गरेको थियो । तर अदालतमा मुद्धा परेपछि गठित नयाँं व्यवस्थापन समिति अहिले निश्क्रिय छ । अहिले पुरानो व्यवस्थापन समितिबाट काम भइरहेको छ । त्यहीबेलोदेखि अपस्पताल दुई पक्षमा विभाजित छ । कोही नयाँं व्यवस्थापन समिति अनुसार चल्नुपर्ने पक्षमा छन भने कोही पुरानै व्यवस्थापनका अनुसार चल्नुपर्ने पक्षमा ।

दशै आइसकेको छ, अब बैक जम्मा दुई दिन खोल्छ होला तर हाम्रो तलब भने राखिदिने टुंगो छैन्, कर्मचारीहरुले भने । अस्पतालमा पैसा नभएर नभई मनोनित अध्यक्ष महेश श्रेष्ठमा चेकमा दस्ताखत नगरेको कारण तलब रोकिएको उनीहरु सुनाउँछन् । उनीहरुले कर्मचारीहरु कोभिडको महामारीमा पनि काम गरिहदा सुविधा नभएकै कारणले करिव ३० जना कोरोना सक्रमित भएको गुनासो पोखे । साथै १७ जना स्वास्थ्कर्मी आइसोलेसनमा रहेको उनीहरुले जानकारी गराए ।