लागु औषधसहित २ जना पक्राउ

विराटनगर । विराटनगर –१६ स्थित दरैया वस्तीबाट मंगलबार विहान लागु औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५का सम्भु साह र विकी राई छन् ।
उनिहरूको साथबाट लागुऔषध डाइलेक्स डिसी ६२ वोतल, नाइट्रोवन ट्याव्लेट १ सय ८७ पिस,एसपी प्रोक्सिभन ट्याव्लेट, २ सय ३८ पिस बरामद भएको छ । प्रदेश १ प्रहरी कर्याालयबाट सादा पोशाकमा खटिएका प्रहरीले उनिहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका थिए । पक्राउ परेका दुबैको विषयमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रबक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्