सेटिङ मिलाउन नमानेपछि असई र प्रहरी जवान हत्या भएको खुलसा, हत्यामा संलग्न ७ जना पक्राउ

सेटिङ मिलाउन नमानेपछि असई र प्रहरी जवान हत्या भएको खुलसा, हत्यामा संलग्न ७ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बि.क. र प्रहरी जवान रामबहादुर साउँदको हत्या गर्ने तस्कर समुहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सात जनाले असई र प्रहरी जवानको हत्या गरेको स्विकारेको कैलालीका प्रहरी उपरिक्षक दिलिप देउवाले बताएका छन । हत्यामा संलग्न २ जना भने अझै फरार रहेका छन ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका ३१ बर्षिय पर्कु भन्ने रोहित राना, २० बर्षिय राजेन्द्र राना, ३० बर्षिय चोर भन्ने सुरेश राना, २५ बर्षिय गब्बर भन्ने राजकुमार राना,२२ बर्षिय निवास राना, २९ बर्षिय दलराम राना र २५ बर्षिय गोपाल राना रहेको उनले बताए । उनीहरु बिरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको प्रहरीले बताएको छ । कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले योजनाबद्ध ढंगमा तस्करहरुले हत्या गरेको अनुसन्धानवाट खुलेको बताए ।
तस्करीको सेटिङ मिलाउन नमानेर तस्करी रोक्न खोजेकाले असई गोविन्द र प्रहरी जवान साउँदको हत्या भएको खुलेको छ । अघिल्लो दिन पनि भारतवाट तस्करी गरि ल्याएको सुर्तीजन्य पदार्थ असई गोविन्दले बरामद गरेको थियो । कात्तिक १ गते बिहानै तस्करहरुको समुह अस्थाई प्रहरी पोष्टमा पुगेर असईलाई भटेर तस्करीका लागी सेटिङ मिलाउने कोसिस गरेको प्रहरीको एक उच्च अधिकारीले बताए । हत्यामा संलग्न यहि समुह बिहान प्रहरी पोष्टमा पुगेर तस्करी गर्नका लागि कुरा मिलाउन पुगेको थियो । असई बिकले इन्कार गरेपछि हत्या गरिएको खुलेको छ ।