दशैं घरमै सिमित गर्न गण्डकी प्रदेश प्रशासनको सक्रियता

दशैं घरमै सिमित गर्न गण्डकी प्रदेश प्रशासनको सक्रियता
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । गण्डकी प्रदेशका कास्की, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका सम्बन्धित जिल्ला प्रशासनहरुले सूचना जारी गर्दै बडादशैं परिवारका बीच मात्र मनाउन अपिल गरेका हुन् । ११ वटै जिल्लाका सम्बन्धित जिल्ला प्रशासनहरुले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को जोखिम बढेकाले परिवारका सदस्यबाहेक अन्यकोमा दशैंको टिका लगाउन नजानका लागि अपिल गरेका छन् । । जो जहाँ बसेको छ त्यहिं दशैं मनाऔं, प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।’

 जिल्ला प्रशासनहरुले दशैंको बहानामा बिना काम घर बाहिर निस्कने, भीडभाड गर्ने काम नगर्न तथा अत्यावश्यक काम परेर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, साबुन पानीले आवश्यक्ता अनुसार पटक÷पटक हात धुन तथा अन्य स्वास्थ्य सम्बन्धी प्रोटोकल अप्नाउन आग्रह गरेको छ । साथै मेला, जात्रा, महोत्सव नगर्न÷नगराउन आग्रह गरेका छन् भने विभिन्न पार्टी तथा संघसंस्थाले चाँडपर्वहरुको अवसरमा आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमपनि नगर्न आग्रह गरेका छन् । यसका अलावा सम्बन्धित जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाईका साथ चेकजाँच गर्नेपनि जनाइएको छ । त्यस्तै, जुवातास खेल्ने÷खेलाउन बन्द गर्न तथा पटाकाजन्य पदार्थपनि नपड्काउन आग्रह गरिएको छ ।

 जिल्ला प्रशासनहरुले जिल्ला भित्रका सबै मठ मन्दिर तथा शक्तिपीठहरुमा नित्य पूजाबाहेक मन्दिर खुल्ला नगर्न तथा दर्शनार्थीहरुलाई प्रवेश नगर्न÷नगराउन आग्रह गरेका छन् । गण्डकी प्रदेशमा गोरखा मनकामना मन्दिर, कास्कीको बिन्ध्यबासिनी मन्दिर, बागलुङ कालिका मन्दिर, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायतका प्रसिद्ध मन्दिर तथा शक्तिपीठहरु चर्चित छन् भने यी मन्दिर तथा शक्तिपीठहरुमा दशैंमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो ।

 जिल्ला प्रशासन कार्यालय बागलुङले त असोज ३० गतेदेखि कात्तिक ९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा नै लगाएको छ । पर्वत र तनहुँले भने बाहिरबाट आएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भनेका छन् ।