यसकारण हुँदैन, नेकपा बिभाजन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादले पार्टी फुटको सँघारमा पुगेको चर्चाले अहिले बजार तातिएको छ । बजारमा फुटको चर्चा बढेपछि कार्यकर्ता र शुभेच्छुकलाई असहज र नमिठो लागेपनि अहिलेको नेकपाभित्र अझै धेरै बर्ष गुट, भागबण्डा, सहमति र आन्तरिक कलहमै वित्नेछ । केही राजनीतिक बिश्लेषक र राजनीतिक स्वर्थ जोडिएका र लाभको पदमा अर्जुनदृष्टि भएकाहरुले पार्टी बिभाजनको हल्ला गरेर गुट र भगबण्डाको खेल सुरुवात गरेपनि त्यो तत्काल सम्भावना छैन । यसबर्ष चर्चामा रहेको नेपाली गीत‘ जिन्दगी सोचे झै रैन छ’ भने झै नेकपाको बिबाद र कलहपनि सोचे जस्तो छैन । यो बिबाद बिशुद्ध गुट र भगबण्डाको भएकाले पार्टी विभाजन हुने बिषयमा विश्वास गर्न सकिने अधार देखिदैन ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट नेता गोकुलप्रसाद बाँस्कोटाले बाहिर आएका कुराहरूले पार्टी विभाजन नहुने दाबी गरे । ‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितको संकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्काे सम्झौतापछि समाधान भैहाल्छ नि । बेकारको हल्ला’, नेकपाका नेता बाँस्कोटाले ट्वीट गर्दै भनेका छन् । नेता बाँस्कोटाको यो भनाइसँग सहमत हुन सकिन्छ । एउटा पार्टी निर्माण हुनको लागि विचार, सिद्धान्त र संगठनात्मक संरचना हुन आवश्यक रहन्छ । यी तीनवटै कुरा अहिलेको नेकपाको विवाद होइन । नेकपाको विचार माक्सबाद, लेनिनबाद हो । सिद्धन्त जनताको जनबाद कि जनताको बहुदालिय जनबाद भनेर मतान्तर रहेपनि महाधिबेशनबाट टुङ्गो लगाउने सहमति भएको छ । संगठनात्मक संरचना ६०÷४० को आँकडामा निर्माण गर्ने सहमति छ । यी तीनवटै विषयमा सहमति नभएको अवस्थामा पार्टी बिभाजन हुन्छ भन्न सकिन्छ । तर भागबण्डा र लाभको पदमा लेनदेन नमिल्दा भएको बिबादले पार्टी बिभाजन हुने आधार तयार गर्दैन । किनकि लाभको पद र गुटको भागबण्डा नमिलेर पार्टी बिभाजन गर्दा आइपर्ने दोष र संकटको सामना गर्ने हिम्मत नेकपाको कुनै नेतासँग छैन ।
बिभाजनको पीडा भेगेर आएको पुर्वएमाले र माओबादी समुह फुटेर जाने पक्षमा छैन । जो फुटेर जान्छ । त्यो समुहमा नेता त हुन्छ तर मतदाता हुँदैन । यसको दृष्टान्त बामदेव गौतमले फुटाएको नेकपा माले, बाबुराम भट्टराईले फुटाएको नयाँशक्ति र बैद्य माओबादीलाई हेर्न सकिन्छ । अथवा नेपाली कांगे्रसबाट बिभाजन भएको नेपाली कांग्रेस प्रजान्तान्त्रिकलाई पनि हेरे पुग्छ । यी पार्टीका नेताको ओइरो थियो । तर मतदाताको समुह थिएन । अन्ततः पार्टी नभै झुण्ड बनेर कसैसँग विलय हुनु पर्ने अवस्था आयो । यहिकारण पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पनि पार्टी बिभाजन गर्छु नभनि बिभाजन गरेर जानुस भने । यी तथ्य हेरेका नेकपा नेकपाका नेताले पार्टी फुटाउने हिम्मत गर्छ भन्ने कुरामा विश्वास गर्न सकिन्दैन ।
अर्को कुरा नेकपाको एकतालाई नै मिहिन ढंगले विश्लेषण गरेपनि पुग्छ । पुर्वएमाले र माओबादीको एकताको घोषणा विचार र सिद्धन्त मिलेर भएको होइन । यो प्रधानमन्त्री केपी आलीको राष्ट्रबाद र समृद्धिको मुद्दाको जगमा भएको हो । देश बनाउने सपना बोकेर बहुमतको सरकार गठन गर्ने र जनताको हितमा काम गर्ने सहमति हो । यो सहमतिअनुसार नेतृत्व गरेका ब्यक्तिहरुको कार्यशैलीको विषयमा बिबाद भएपनि मुलकुरा नेतृत्व नपाएको विषय नै हो । भागबण्डामा नेतृत्व गर्ने र लाभको पद लिने विषयमा एकापट्टी मात्रै पल्ला भारी भएको देख्ने र गुटईतरका ब्यक्तिलाई छोइछितो गर्ने प्रवृतिले बल्झिएको मनको कुण्ठा पार्टी विभाजनको नाममा बाहिर आएको हो । नेकपाका नेताले लाभको पद लिएका ब्यक्तिहरु नेकपाको कार्यकर्ता हो भनेर अस्वीकार गर्दा यो समस्या आएको हो । सबै नेता कार्यकर्तामा गुटको मात लागेको छ । देशको नेतृत्व गर्छु भन्ने नेताको हेराइ नै भागबण्डामा अल्झिएको झुण्ड र गुटमा छ । भागबण्डा मिलेपछि फेरी नयाँ सहमति हुने निश्चित छ । त्यसैले अहिले पार्टी बिभाजन हुन्छ भन्ने विश्वास गर्न सकिन्दैन ।
तेस्रो कुरा नेता कार्यकर्ता गटमा ब्यस्त छन् । तर मतदाता अन्तरघुलित भइसके । मतदाता नेताको गुटमा हैन, पार्टी मुल नेतृत्वसँग छन् । नेपालका कम्युनिष्टहरु एक हुनुपर्छ भनेर बसेका जनता, पार्टी बिभाजनको पक्षमा छैनन् । उनीहरु मुल पार्टी र सुर्य चिन्हको पक्षमा छन् । धनगढीबाट पत्रकारिता गरिरहेका एकजना सहकर्मी मित्रले मलाई फेसबुक मेसेन्जरमा सोधे । पार्टी विभाजन भए तपाई कता लाग्ने हो ? मैले मुल जरामा लाग्ने भने । उनले सोधेकै प्रश्न मैलेपनि गरे । उनले सटिक जवाफ दिए, सुर्य चिन्ह जता हुन्छ, त्यतै जाने । उनको मात्र हैन । अधिकांश नेकपा निकट मतदाताको विचार यस्तै हुन्छ । त्यसैले पार्टी बिभाजन चुनाव चिन्हले पनि निर्धारण गर्छ । संविधानले पार्टी बिभाजन गर्न केन्द्रिय कमिटी र संसदीय दलमा ५० प्रतिसतको ब्यबस्था गरेको छ । यो अवस्थामा सुर्य चिन्ह कस्को भागमा पर्छ टुङ्गो छैन । पार्टीका मतदाता अन्तरघुलित भएको र चुनाव चिन्हको टुङ्गो नलागेको यो अवस्थामा पार्टी बिभाजन सजिलो छैन ।
पार्टीमा बिबाद चर्किरहेको बेला नेकपाका अधिकांश नेता बिभाजनको पक्षमा छैनन् । बरिष्ठ नेता माधव नेपाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापाले पार्टी बिभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनीहरु पार्टीको विधी र पद्धति निर्माण गर्ने पक्षमा रहेका छन् । यी तीनजना नेताले संयोजनकारी भुमिका खेल्ने अवस्था छ । यता प्रधानमन्त्री ओली विपक्षी गुटमा पिल्सिएका र अवसर नपाएका नेतालाई आफ्नो पक्षमा पार्न अवसर सिर्जना गरिरहेका छन् । यसले टाउँको गन्तीमा समेत बलियो हुने अवस्था आइरहेका छ । संसद र पार्टीमा ओली बहुमतमा रहेको अवस्थामा पार्टी बिभाजन हुँदैन । यी बाहेक दोस्रो पुस्ता अधिकांश नेतापनि पार्टीका एकताको पक्षमा रहेको अभिब्यक्ति आइरहेको छ । दोस्रो पुस्ताको सहयोग विना नेकपाभित्रका गुट चल्न सक्ने अवस्था छैन । यी सबै तथ्यहरु हेर्दा नेकपामा बिभाजन हुँदैन । तर बलियो एकता समेत हुने अवस्था छैन । घातअन्र्तघात नेपालको कम्युनिष्ट आन्दोलनको एक पर्याय नै हो ।

प्रतिकृया दिनुहोस्