दुई हजार लाभग्राहीले घर बनाउने सम्झौता गरेनन

दुई हजार लाभग्राहीले घर बनाउने सम्झौता गरेनन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । भुकम्पको पाँच वर्ष बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखाका दुई हजार ७९ जना लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् । निजी अबास पुन निर्माण गर्न लाभग्राहीले प्रति घर तीन लाख रुपैयाँ अनुदान दिएको रकम लिन बाँकी तीन प्रतिशत लाभग्राही छन् ।

‘पहिचान भएका ६६ हजार ९०७ जना लाभग्राही मध्ये ६४ हजार आठ सय २८ घरधनीले माात्रै सम्झौता गरेका छन्’ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का प्रमुख रामशरण आचार्यले भने ।

सम्झौता गर्न बाँकी लाभग्राही मध्ये सबैभन्दा धेरै पालुङटार नगरपालिकामा रहेका छन् । त्यहाँ लाभग्राही कायम भएका मध्ये ८२४ जनाले अनुदान सम्झौता गरेका छैनन् । गण्डकी गाउँपालिकामा ६०९जना, गोरखा नगरपालिकामा पाँच सय ३१ जना, सिरानचोक गाउँपालिकामा तीन सय ४३ जनाको सम्झौता हुन बाँकी छ । स्थानीय तहले पटक पटक अनुदान सम्झौता गर्न अनुरोध गर्दा लाभग्राहीले नै चासो नदिएको बताए । चुमनुब्री गाउँपालिकामा तीन सय चार, शहिदलखन गाउँपालिकामा तीन सय तीन, बारपाक सुलिकोट गाउँपालिकामा दुई सय १०, धार्चे गाउँपालिकामा एक सय ५१, आरुघाट गाउँपालिकामा एक सय ८९, अजिरकोट गाउँपालिकामा एक सय २२, भिमसेन थापा गाउँपालिकामा एक सय छ लाभग्राहीले अनुदान सम्झौता गरेका छैनन् । कतिपय लाभग्राहीको भने जग्गाको समस्या, भुमिहिन सुकुम्बासी हुँदा समस्या परेको छ ।