बिपन्नलाई निशुल्क एम्बुलेन्स सेवा

बिपन्नलाई निशुल्क एम्बुलेन्स सेवा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले सन् २०२० सम्म गर्भवती, सुत्केरी, स्वास्थ्य संस्थाको पहुँच नपुगेका, विपद् तथा महामारी, यौन हिंसा प्रभावित पीडितहरुलाई निःशुल्क एम्बुलेन्सको सेवाको व्यवस्था गरेको छ । रोल्पा रेडक्रसको यो निर्णयले अति बिपन्नहरुलाई थप उपचारमा सहजता हुनेछ ।

विश्वभर महामारीका रुपमा पैmलिएको कोरोना संक्रमणका त्रासले लामो समयदेखि लगातार बन्दाबन्दी र निषेधाज्ञाका कारण शिशु तथा मातृ मृत्युदर कम गर्न यस्तो निर्णय गरिएको रेडक्रसले बताएको छ । बिशेष गरि अति विपन्न र सङ्कटासन्न वर्गका गर्भवती तथा सुत्केरीहरुलाई नजिकको स्वास्थ्य संस्था वा अस्पतालसम्म पु¥याउने उद्वेश्यले सन् २०२० सम्म निःशुल्क एम्बुलेन्स सेवा व्यवस्था गरिएको हो ।

गर्भवती, सुत्केरी तथा आर्थिक रुपले कमजोर अवस्थामा रहेका वा घरमुली महिला भएको, स्वास्थ्य संस्था टाढा रहेको वा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा पहुँच नभएको, विपद् तथा महामारीबाट प्रत्यक्ष रुपमा प्रभावित भई जिविकोपार्जनमा कठिनाई परेका, यौनजन्य हिंसामा प्रभावित महिला तथा किशोरीहरु, बन्दाबन्दी वा निशेधाज्ञाको कारण यातायातका साधन उपलब्ध नभएकोलाई निःशुल्क एम्बुलेन्सको सेवा उपलब्ध गराईने रेडक्रस रोल्पा सभापति डी.वी. टुहुरोले बताए । यो सेवाका लागि नजिकको स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, अस्पताल वा  सम्बन्धित वडाले सिफारीस गर्नुपर्ने छ ।