जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ

सुनसरी । चार दिनअघि नौं वर्षकी बालिकालाई ललाई फकाई प्रलोभनमा पारी करणी गरेर फरार भएका साँगुरीगढी गाउँपालिका– ७ आस्कोट घर भई इटहरी उपमहानगरपालिका– १९ मा ससुरालीमा बस्ने ५० वर्षे कुमार भन्ने बुद्दे राईलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ। राईलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरि आवश्यक कानुनी प्रक्रिया थालिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, आठ वर्षअघि सार्वजनिक बाटोमा एक महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा अदालतले कैद सजाय तोकेर अहिलेसम्म फरार भएका इटहरी उपमहानगरपालिका– ५ का ३६ वर्षे सुमन चौधरी पक्राउ परेका छन्। उनलाईं पक्राउ गरि सोझै अदालतमा बुझाएपछि कारागार चलान गरिएको छ। चौधरीले एक महिलालाई २०६८ मंसिर ५ गते जबर्जस्ती करणी गरि ५७ हजार पाँच सय नगद समेत लुटेका थिए। चौधरीलाई सुनसरी जिल्ला अदालतवाट १० वर्ष कैद सजाय तोकिएको थियो।

प्रतिकृया दिनुहोस्