अस्ताए, गोर्खा आन्दोलनका योद्धा एवं सामाजिक अभियन्ता गजेन्द्र इस्बो

अस्ताए, गोर्खा आन्दोलनका योद्धा एवं सामाजिक अभियन्ता गजेन्द्र इस्बो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख एवं सामाजिक अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ ।

इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मंगलबार बिहान निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए । सुगरको पनि विरामी रहेका इस्वोलाई पछिल्लो समय कोरोना संक्रमण पनि भएको थियो । स्वर्गीय इस्वोलाई भूपू गोर्खा सैनिकहरुको आन्दोलनको प्रमुख योद्धा हुन् । ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो । ती मध्येमा इस्वो पनि थिए ।

नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्व गरेका थिए । धरानको विकास निर्माणमा लाहुरेहरुलाई सहभागिता गराउन उनको महत्वपुर्ण योगदान रहेको छ । उनी आदिबासी जनजातिहरुको राजनैतिक अधिकारकोलागि पनि लड्ने अभियन्ता थिए । पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए । गएको धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार थिए । इस्वोले भुपु सैनिकहरुको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व गरेका थिए ।