वीपी कोइराला कोभिड अस्पताल धरानमा ३ जना संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको निधन भएको छ।
निधन हुने २ जना धरानकी वृद्ध महिला छिन् भने एक जना इटहक्रीकी ९ बर्षीया बालिका छिन्। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ९ की ६१ बर्षीया महिलाको हिजो मंगलबार दिउँसो पौने ५ बजे निधन भएको थियो। धरान १ की ६१ बर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा प्रतिष्ठानकै कोभिड अस्पतालमा निधन भएको छ । उनलाई उच्च रक्तचापसहित अन्य दीर्घरोग पनि थियो।
यसैगरि, कोरोना संक्रमणबाट इटहरीकी एक ९ बर्षीया बालिकाको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ। इटहरी ६ की ती बालिकाको उपचारको क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ। मृतकबालिकालाई पहिलादेखि नै रोग प्रतिरोधी क्षमता कम हुने समस्या भएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्