फेरी बढ्यो सुनको मुल्य

फेरी बढ्यो सुनको मुल्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्यमा ठूलोमात्रामा वृद्धि भएपनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।