वीपी प्रतिष्ठानको क्‍वार्टरमा अनधिकृत बसेकालाई हटाउने तयारी

वीपी प्रतिष्ठानको क्‍वार्टरमा अनधिकृत बसेकालाई हटाउने तयारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्वार्टरमा अनाधिकृतरुपमा बसेका व्यक्तिहरुलाई तत्काल हटाउन निर्देशन दिएका छन् ।

सुनसरीका सुरक्षा प्रमुखहरुसहित प्रतिष्ठानका पदाधिकारीहरुसँग कोभिड–१९ अस्पताल र उपचार सेवाबारे जानकारी लिदै प्रजिअ पोखरेलले यस्तो निर्देशन दिएका हुन्। प्रतिष्ठानको क्वार्टरमा थुप्रै अनधिकृत व्यक्तिहरुले कब्जा जमाएर बसेको र मानिसहरुको धेरै आवातजावत भएकोले कोरोना संक्रमणको जोखिम बढी भएको कारण तत्काल हटाउन सुझाव दिइएको प्रजिअ पोखरेलले बताए। ‘कोही रिटायर्ड भए पनि छोराछोरीहरु बस्ने, भ्रष्टचार मुद्दा परेर निलम्बन भएकाहरु पनि क्वार्टरमा बसिरहेका रहेछन्,’प्रजिअ पोखरेलले भने,‘ठेकेदारलाई कुनै समयमा निर्णय गराएर बस्न दिएको रहेछ, त्यस्ता मानिसहरुलाई पनि तत्काल हटाउन भनेका छौं ।

पछिल्लो समय कोभिड अस्पताल अस्तब्यस्त भएको, भेन्टिलेटर मात्र नभै अक्सिजन बेडसमेत नपाएको भन्दै जनगुनासो व्यापक आएपछि सुनसरीका प्रजिअ पोखरेलले प्रतिष्ठान पदाधिकारीहरुलाई चाडो सुधार गर्न चासो र दबाब दिइरहेका छन्। यसअघि पत्राचार गरेर कोभिड अस्पताल र उपचार सेवामा सुधार गर्न निर्देशन दिएका प्रजिअ पोखरेलले बुधबार सुधार भए नभएको बारेमा आवश्यक जानकारी लिन प्रतिष्ठान आएका हुन्।