ओली–प्रचण्डको बालुवाटार छलफल सहमतिबिना टुङ्गियो

ओली–प्रचण्डको बालुवाटार छलफल सहमतिबिना टुङ्गियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र  अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल बिनानिश्कर्ष सकिएको छ । दुबैपक्षबाट अदान जारी रहेपछि नेकपाको आन्तरिक विवाद समाधानका लागि भएको छलफलमा कुनै निश्कर्ष सकिएको हो ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो । जुन अझै सशक्त बन्दै गएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरेको, चौरसिया मृत्यु प्रकरण र कर्णालीमा विवाद गराएकोलगायत विषयमा ओलीसँग जवाफ मागेका थिए ।